कर्णालीको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाण्डु टुडे २०८३ असार १ गते १६:५४ मा प्रकाशित

काठमाण्डू, १ असार– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३-०८४ को बजेट प्रदेश मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ । आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन ।

कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको उनले जानकारी दिए । बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us