राजेन्द्र राईले रोष्ट्रममै बसिदिन्छु भनेपछि बैठक स्थगित

काठमाण्डु टुडे २०८३ असार १ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, १ असार– प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले रोष्ट्रममै बसिदिन्छु भनेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरीएको छ ।

प्रतिनिधिसभामा नौ वटा मन्त्रालयगत शीर्षकमा बजेट छलफल भइरहँदा दुई मन्त्री मात्रै उपस्थित भएपछि उनले मन्त्रीहरू उपस्थितिका लागि माग गरे ।

सभामुखले उनलाई आफ्ना कुरा राख्न अनुरोध गरे । तर, मानेनन्, उनले आफू यहीँ बसिदिन्छु भनेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरीएको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us