कक्रोचको प्रदर्शनमा कम्युनिष्ट नेता भट्टाचार्य सहभागी भएपछि भारतमा तरंग

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १७:५१ मा प्रकाशित

एजेन्सी– भारतीय कक्रोच जनता पार्टी (सीजेपी) को आयोजनामा शनिबार भएको प्रदर्शनमा कम्युनिस्ट नेता दिपान्कर भट्टाचार्य सहभागी भएका छन् ।

सीजेपीले नयाँदिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा भट्टाचार्यको सहभागितालाई लिएर भारतमा तरंग उत्पन्न भएको छ । बौद्धिक नेताका रुपमा चिनिने भट्टाचार्य भारतीय कम्युनिस्ट पार्टी, मार्क्सवादी–लेनिनवादी (सीपीआई एमएल लिबरेसन) का महासचिव छन् ।

प्रदर्शनकारीलाई भट्टाचार्यले सम्बोधन गरे । उनले युवाहरुले भ्रष्टाचार, बेथिति र राज्यआतंक विरुद्ध थालेको अभियानमा आफ्नो ऐक्यबद्धता रहेको बताए ।

उनले देशमा गरिबी र बेरोजगारी बढे पनि नरेन्द्र मोदी नेतृत्वको सरकार त्यसमा गम्भीर नरहेको बताए । सार्वजनिक शिक्षा प्रणाली योजनाबद्ध रूपमा ध्वस्त पारिएको आरोप उनले लगाए ।

विद्यमान शैक्षिक संकटको नैतिक जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल राजीनामा दिनुपर्ने उनको माग थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us