काठमाण्डू– काठमाण्डूको दक्षिणकालीमा बोलेरो जिप र टाटासुमो ठोक्किएर दुर्घटना भएको छ ।
हेटौंडाबाट काठमाण्डू आउँदै गरेको ना१ज ७२०७ नम्बरको टाटासुमो र विपरीत दिशामा रहेको बी–ए–ए ९७६८ नम्बरको बोलेरो आपसमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलामा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बालेरोका चालकसहित १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।