बालेनलाई सिधै म्यासेज पठाएको आरोपमा सचिव कृष्णहरि पुष्कर पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ २१ गते २२:४० मा प्रकाशित

काठमाण्डु- प्रहरीले सचिव कृष्णहरि पुष्कर कर्णलाई पक्राउ गरेको छ ।

पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

पुष्करलाई काठमाण्डुको कपनस्थित निवासबाट पक्राउ गरी अपराध अनुसन्धान कार्यालय टेकु ल्याइएको थियो । पुष्करले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मोबाइलमा सिधै म्यासेज पठाएको अभियोगमा पक्राउ गरिएको हो ।

सचिव पुस्करले व्यक्तिगत स्वार्थ लिनका लागि ‘चेन अफ कमाण्ड’ प्रधानमन्त्री शाहलाई म्यासेज पठाएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एक प्रहरी अधिकृतले बताए ।

पुस्करलाई सोधपुछपछि साँझै छाडिएको छ । कारबाही गर्नुपर्ने आधार नभेटिएकाले छाडिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।

मुख्यसचिव सुमनराज अर्यालले पुष्करलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । पुष्करले अर्यालसँगै मुख्यसचिवमा प्रतिस्पर्धा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us