काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले विपक्षी दलका नेताहरूप्रति तुच्छ टिप्पणी गर्ने सांसद खगेन्द्र सुनारमाथि पार्टीले कारबाही गर्ने संकेत गरेका छन ।
आज (मंगलबार) चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता झाले यस्तो बताएका हुन । उनले पार्टीको कार्यक्रममा बोलाएका अतिथिहरूमाथि कसैले अपमान गर्न निमिल्ने पनि बताएका छन ।
सुनारले रास्वपा महाधिवेशनमा शुभकामना दिन पुगेका गगन थापा र प्रदीप ज्ञवालीलगायतका नेताहरूबारे तुच्छ टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित छ ।
यसबारे पत्रकारले राखेको जिज्ञासामा रास्वपा प्रवक्ता झाले भने, ‘बोलाएका अतिथिलाई कसैले अपमान गर्न मिल्दैन, कारबाही गर्ने जिम्मा नयाँ कार्यसमितिको हुन्छ ।’