रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८३ असार ९ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह प्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

चितवनमा जारी महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो । तर, मेरो आकाङ्क्षा प्रधान होइन ।

सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो । सार्वभौम सदस्यहरूले मलाई योग्य ठहर्‍याउनुभयो, प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु। पुरस्कृत भए पनि दण्डित भए पनि म आशीर्वाद सम्झेर स्वीकार्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us