बीपीले बनाएको पार्टी १० वर्षमा छिया–छिया पारियो, हामी बनाउन आएका छौंः गगन थापा

काठमाण्डु टुडे २०८३ असार ९ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, ९ असार– कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई छिया–छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन ।

आज (मंगलबार) झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताएका हुन ।

उनले भने, ‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८–१० वर्षमा छिया छिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो ।

हामी पार्टी बनाउन आएका छौं ।’ थापाले भने । उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पनि चेतावनी समेत दिएका छन । उनले भने, ‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला ।

अनि मलाई क्षमा पनि गर्नुहोला । अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु । तर सिस्टमले चिन्दैन । भोट हाल्न पाउनुहुन्न,’ उनले थपे, ‘अब वडाको अधिवेशन सुरु हुन्छ । क्षमा गर्नुहोला– अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us