एमाले महाधिवेशनमा निःशुल्क स्वास्थ्य सेवा

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:३२ मा प्रकाशित

काठमाण्डु , २२ असार – नेकपा एमालेको चालु नवौँ राष्ट्रिय महाधिवेशनमा राखिएको ‘निःशुल्क स्वास्थ्य शिविर’ मा शीर्ष नेता, महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले स्वास्थ्य सेवा लिइरहेका छन् ।

Uml-new-logoएमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा पार्टीको स्वास्थ्य उपसमितिद्वारा स्थापित सो शिविरमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कृषिमन्त्री हरि पराजुली, पोलिटब्युरो सदस्य रघुजी पन्त, नेता बेदुराम भुसाललगायतले आज स्वास्थ्य सेवा लिएका हुन् ।

स्वास्थ्य शिवरमा आँखा, दन्त, मुटु (इको र इसिजी), मधुमेह, अर्थो (हाड जोर्नी), जनरल (सामान्य सबै) सेवाका साथै औषधिसमेत निःशुल्क प्रदान गरिएको छ ।

महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले महाधिवेशनस्थलमा दिइएको स्वास्थ्य सेवा प्रभावकारी भएको बताएका छन् ।

स्वास्थ्य उपसमितिका इन्चार्ज योगेश भट्टराईले महाधिवेशनमा आएका सबैलाई आवश्यक स्वास्थ्य सेवा दिने उद्देश्यबाट स्वास्थ्य शिविर सञ्चालन गरेको र हालसम्म करिब दुई हजार ५०० व्यक्तिले स्वास्थ्य सेवा लिइसकेको जानकारी दिए ।

उनका अनुसार आँखा उपचारपछि ८०० वटा चस्मासमेत निःशुल्क वितरण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us