एमाले दस्तावेजमा बाबुरामले देखेका कमजोरीहरु

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:३३ मा प्रकाशित

काठमाण्डु,२२ असार– एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले एमाले नवौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा टिप्पणी गरेका छन् ।

Baburam-Bhattarai_AP_20120907053211सामाजिक सञ्जाल फेसबुकमार्फत ६ कमजोरीहरु औल्याउँदै यस्तो टिप्पणी गरेका हुन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा एमालेको अग्रणी भूमिका रहेको भन्नु सत्यता माथिको नजरअन्दाज भएको लेखेका छन् ।

दशवर्षे जनयुद्धको जगमा नेपालमा आमूल परिवर्तन भएको तथ्यलाई उपेक्षा गर्नु एमालेको राजनीतिक कच्चापन रहेको दावी गरेका छन् ।

उनले आफ्नो स्टाटसमा यस्तो लेखेका छन् , ‘एमालेको महाधिवेसनमा प्रस्तुत राजनीतिक प्रतिवेदनवारे संक्षिप्त टिप्पणि :

१ जबज कार्यदिशा वा कार्यक्रम हुनसक्छ तर मार्गनिर्देशक सिद्धान्त होइन,

२ वर्तमान साम्राज्यवादी विश्वमा नेपालमा आर्थिक विकास गर्दै गएर शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण हुनसक्छ भन्नु ठुलो दृष्टिदोष

३ संघीयता सम्बन्धी धारणा त्रुटीपूर्ण

४ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा एमालेको निर्णायक भूमिका रहेको दावी गर्नु ऐतिहासिक तथ्य विपरित

५ दशबर्षे जनयुद्धलाई पूरै न्यूनीकरण गर्नु पूर्वाग्रहपूर्ण

६ अर्ध औपनिवेसिक सट्टा नवऔपनिवेसिक भनेर किटान गर्न हिच्किचाउनु किन ?

बेलैमा प्रगतिशील संविधान बनाउने, आर्थिक विकास र समृद्धिमा जोड़ दिने कुरा सकारात्मक !

एमालेले प्रगतिशिल संविधान बनाएर देशको आर्थिक विकासमा जोड दिने कुरा सकारात्मक रहेको उनको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us