एमाले महाविधेशनमा ई–भोटिङ  नहुुने

काठमाण्डु टुडे २०७१ असार २२ गते १३:३० मा प्रकाशित

काठमाण्डु, २२ असार – व्यवस्थापनको सम्पुर्ण काम डिजिटलाइज्ड गरेको एमालेको नवौं महाविधेशनमा मतदान भने मतपत्रद्वारा हुने भएको छ ।

Uml-new-logoई–भोटिङ  प्रयोग गर्न सबै तयारी पुरा भइसकेपनि अन्तिम अवस्थामा आएर ई–भोटिङ रद्द गरिएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

इन्जिनीयरहरुले इलेन्ट्रोनिक भोटिङ मेशिनको सकारात्मक र नकारात्मक विषयको जानकारी शीर्ष नेतालाई जानकारी गराएपछि भोटिङ मेशिन प्रयोग नगर्ने निर्णय भएको पन्तले जानकारी दिए ।

 नेता पन्तले भोटिङ मेसिन प्रयोग गर्न दिए जुनसुकैबेला दुर्घटना हुनसक्ने बताए । ‘मेसिनको क्षमता ७ मेगाबाइटभन्दा बढी छैन,’ चार जना इञ्जिनियरको रिपोर्टसहित मिडिया सेन्टरमा भेटिएका पन्तले भने, ‘यस्तो अवस्थामा मेसिन प्रयोग गर्दा जुनसुकैबेला दुर्घटना हुन सक्छ ।’

भोटिङ मेशिन प्रयोग नगर्ने भएपछि अहिले मतपत्र छपाई गर्ने तयारी भइरहेको छ ।

महाधिवेशन उद्घाटन रोवटमार्फत गर्ने भनिए पनि ‘प्राविधिक’ कारण भन्दै अध्यक्ष झलनाथ खनालले गरेका थिए ।

उद्घाटनसत्रमा रोवटमार्फत पुप्पवृष्टि गराइएको थियो ।

महाधिवेशनमा नेपाली वैज्ञानिकद्वय रामलक्ष्मणले निर्माण गरेको भोटिङ महाधिवेशनमा प्रयोग गर्ने तयारी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us