भोटिङ मेशिन बनाउने वैज्ञानिक र माधव नेपालबीच फोन वार्ता

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:३५ मा प्रकाशित

काठमाण्डु, २२ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने विषयलाई लिएर विवाद madhav nepalचर्किएका बेला अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले मेशिन आविष्कारक वैज्ञानिकसँग टेलिफोन वार्ता गरेका छन् ।

नेपालले आइतबार बिहान वैज्ञानिक लक्ष्मण रिमाललाई टेलिफोन गरी त्यसको विश्वसनियताबारे जान्न चाहेका हुन् । नेपालले आफ्ना भाई सरोज उपाध्यायसहितका इन्जिनियरले गरेको परीक्षणका क्रममा भोटिङ मेशिनमा प्राविधिक त्रुटि औल्याएकाले आफूलाई आशंका लागेको बताएका छन् ।

जवफमा यसअघि धेरै ठाउँमा मेशिनको सफल प्रयोग भइसकेकाले आशंका नगर्न आग्रह गरेको लक्ष्मणले काठमाण्डु टुडेलाई बताए । ‘उहाँ (नेपाल) ले इन्जिनियरहरुले मेशिनमा प्राविधिक कमजोरी रहेकाले प्रयोग नगर्न सुझाव दिएको बताउनुभयो’, लक्ष्मणले भने, ‘केही गडबढ त हुँदैन नि भन्ने उहाँको आशंका थियो ।

त्यस क्रममा नेपालले ओली पक्षधर नेता विष्णु रिमालसँग वैज्ञानिकद्वयको सम्बन्धबारे समेत जान्न चाहेका थिए । दुवैथरिको थर रिमाल भएको र गाउँ पनि नजिकै रहेकाले नेपालले आशंका गरेका हुन् ।

नेता रिमाल नुवाकोट चारघरे र वैज्ञानिक रिमालद्वय नुवाकोटकै मदानपुरका स्थायी बासिन्दा हुन् । मोशिनको जोहो रिमाल र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेकी बहिनी समेत रहेकी नेतृ बिन्दा पाण्डलेले मिलाएका हुन् ।

रिमाल र पाण्डे दुवै ओली पक्षमा छन् । आफूले मेशिनमा खराबी नरहेकोबारे प्रष्ट पार्ने कोसिस गरे पनि नेपालले ‘राजनीति नगर्नुहोला’ भन्दै फोन आफ्ना पिए निशेत पौडेललाई दिएको लक्ष्मणले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us