खोटाङ, २२ असार – प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन् । प्रेमिकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला–८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन् । विसं २०७० असार–३१ गतेका दिन ‘सँगै मर्ने...
चितवन, २२ असार – नेपाली काँग्रेसका नेता डा. अमरेशकुमार सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको बताएका छन् । छिमेकी राष्ट्र भारतसँग निकट मानिनु हुने सिंहले आइतबार भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकारसम्मेलनमा हालैमात्र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा...
चितवन, २२ असार – चितवनको नारायणगढमा एक बालिकाले आत्महत्या गरेकी छिन् । भरतपुर नगरपालिका–४ स्थित नारायणगढको न्युरोडमा स्थानीय विष्णुप्रसाद क्षेत्रीकी १२ वर्षीया छोरी देविला क्षेत्रीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार घरमै पङ्खामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीय र...
काठमाण्डु, २२ असार– राहदानी लिन हैरानी खेप्दै आएका सर्वसाधारणका लागि अब भने केही सहजता हुने भएको छ । सरकारले राहदानी वितरण प्रक्रियालाई सहज तुल्याउन बिहान ८ बजेदेखि नै काम थाल्ने भउको छ । सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि आइतबारबाट कार्यालय समयभन्दा दुई घण्टाअघिदेखि...
काठमाण्डु, २२ असार – काठमाण्डुका सह–न्यायाधीवक्ता रामबहादुर थापा र नायब सुब्बा केदार अर्याल घूस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा कार्यलयबाटै पक्रेको हो । उनीहरुलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घूस लिइरहेका बेला रङ्गेहात पक्राउ गरेको...
काठमाण्डु, २२ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष पहिलोपटक पार्टी स्थायी कमिटी बैठकमा सहभागी भएको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आइतबार बसेको बैठकमा भट्टराई सहित उनी पक्षधर नेताहरु सहभागी भएका हुन् । स्थायी समितिमा सो पक्षका भट्टराईसहित टोपबहादुर रायमाझी र भट्टराई,...
कैलाली, २२ असार– काम लगाइदिने प्रलोभनमा छ वर्षअघि भारत लगिएका चार बालकलाई दिल्लीबाट उद्धार गरिएको छ । प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा शुक्रबार ती बालकलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालकलाई मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृहको जिम्मा लगाइएको संस्थाका संयोजक वासुदेव भट्टराईले...
काठमाण्डु, २२ असार– राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज थप दुई प्रतिवेदन पेस भएको छ । काठमाण्डुको भृकुटीमण्डपमा जारी बन्दसत्रमा नेता पुष्प कँडेलले केन्द्रीय लेखा आयोग र सोमनाथ प्यासी अधिकारीले केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेस गरेकाे प्रचार विभाग सचिव सूर्य थापाले जानकारी...
काठमाण्डु, २२ असार– नेकपा– माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै प्रतिवेदनमाथि धारणा राखिरहेका छन् । बुद्धनगरस्थित पार्टी कार्यालयमा जारी बैठकमा बाेल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहकाे प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार...
गोरखा, २२ असार – गाविसको विकासका लागि राज्यले दिएको अनुदान रकम यहाँका गाविस सचिवले राजनीतिक पार्टीलाई चन्दा दिएका छन् । जिल्लामा रहेका ६६ गाविस कार्यालयबाट १३ लाख २० हजार एकमुष्ट रकम जिल्लास्थित चार राजनीतिक दललाई दिएका हुन् । यसरी चन्दा पाउनेमा नेपाली काँग्रेस, नेकपा...
काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले पेस गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न दलका बारेमा विभिन्न धारणा समेटिएको छ । उनले सबैभन्दा नजिकको सीपी मैनाली नेतृत्वको नेकपा माले र सबैभन्दा खराब आफैंबाट छुट्टिएर गएको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी...
काठमाण्डु, २१ असार– एमालेको जारी नवौं महाधिवेशनले पाँच उपाध्यक्षको व्यवस्था गर्ने भएको छ । बन्दसत्रमा संगठन विभागका प्रमुख युवराज ज्ञवालीले पदाधिकारीको सङ्ख्या थप गर्ने व्यवस्थासहितको विधान संशोधनको प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रचार विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार विद्यमान दुई उपाध्यक्ष पदलाई वरिष्ठ एकसहित...