माओवादीमा वैद्य र चन्दको प्रस्तावमा छलफल जारी

काठमाण्डु टुडे २०७१ असार २२ गते २:३५ मा प्रकाशित

काठमाण्डु, २२ असार– नेकपा– माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै प्रतिवेदनमाथि mohan baidhya-netra bikram chandधारणा राखिरहेका छन् ।
बुद्धनगरस्थित पार्टी कार्यालयमा जारी बैठकमा बाेल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहकाे प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार शनिबारसम्ममा २३ केन्द्रीय सदस्यले दुवै प्रतिवेदनमाथि धारणा राखिसकेका छन् ।

सदस्यहरुले बोल्ने क्रम नसकिएका कारण बैठक केही दिन लम्बिने भएको छ । अध्यक्ष वैद्यले राष्ट्रिय सम्मेलनमा पेस गर्न तयार पारेको प्रतिवेदनमा सचिव चन्दले असहमति जनाउँदै फरक मतसहितको प्रतिवेदन पेस गरेका हुन् ।

वैद्यले जनयुद्धको जगमा जनविद्रोको प्रस्ताव राखेकामा त्यसमा असहमति जनाउँदै चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको प्रस्ताव पेस गरेका थिए । उनले पार्टी संगठनलाई क्रमश : भूमिगत बनाउँदै लानुपर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us