एमालेमा पाँच उपाध्यक्ष र पाँच सचिव

काठमाण्डु टुडे २०७१ असार २१ गते १५:०० मा प्रकाशित

काठमाण्डु, २१ असार– एमालेको जारी नवौं महाधिवेशनले पाँच उपाध्यक्षको व्यवस्था गर्ने भएको छ । बन्दसत्रमा संगठन विभागका प्रमुख युवराज ज्ञवालीले पदाधिकारीको सङ्ख्या थप गर्ने व्यवस्थासहितको विधान संशोधनको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रचार विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार विद्यमान दुई उपाध्यक्ष पदलाई वरिष्ठ एकसहित बढाएर पाँच, तीन सचिवलाई बढाएर पाँच बनाउने र दुई उपमहासचिवको नयाँ व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्रीय कमिटी एक सय ४९ सदस्यीय हुने प्रस्ताव गरिएको छ । साधारण र सङ्गठित सदस्यतालाई हटाएर एकै प्रकारको पार्टी सदस्यताको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us