भारतमा बेचिएका चार बालकको उद्धार

काठमाण्डु टुडे २०७१ असार २२ गते ३:४४ मा प्रकाशित

कैलाली, २२ असार– काम लगाइदिने प्रलोभनमा छ वर्षअघि भारत लगिएका चार बालकलाई दिल्लीबाट उद्धार गरिएको छ ।

प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा शुक्रबार ती बालकलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालकलाई मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृहको जिम्मा लगाइएको संस्थाका संयोजक वासुदेव भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मालाखेती–५ कैलालीका १५ वर्षीय लक्की भनिने खड्कु विक, सल्यान– ५ खलङ्गाका १४ वर्षीय सुरेन्द्र गिरी, रौतहटका १० वर्षीय क्यापमुनि खान र चितवनका १४ वर्षीय मिलन परियारलाई उद्धार गरिएको हो । उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रयास भइरहेको भट्टराईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us