एमालेले छलफलका लागि २१ समूह बनाउने

काठमाण्डु टुडे २०७१ असार २२ गते २:३७ मा प्रकाशित

काठमाण्डु, २२ असार– राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज थप दुई प्रतिवेदन पेस भएको छ ।

Uml-new-logo
काठमाण्डुको भृकुटीमण्डपमा जारी बन्दसत्रमा नेता पुष्प कँडेलले केन्द्रीय लेखा आयोग र सोमनाथ प्यासी अधिकारीले केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेस गरेकाे प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए ।
बन्दसत्रमा यसअघि अध्यक्ष झलनाथ खनालले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक, सचिव युवराज ज्ञवालीले विधान संशोधन  र अमृतकुमार बोहराले अनुशासन आयोगको प्रतिवेदन पेस गरिसकेका छन् ।

आजै  प्रतिनििधलाइ २१  वटा समूहमा विभाजित गरेर सबै प्रतिवेदनमाथि एकमुष्ठ छलफल सुरु हुने थापाले बताए । समूहगत छलफलको निष्कर्ष टोली नेताले पेस गरेपछि प्रतिवेदनहरु आवश्यक संशोधनसहति पारित हुने एमालेले जनाएको छ । प्रतिछवेदन पास भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र केपी ओलीबचि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा प्रयोग गरिने विद्युतीय भोटिङ मेशिनलाई लिएर दुई पक्षबीच विवाद चर्किएको छ । नेपाल पक्षले भोटिङ मेशिनको विश्वसनीयतामा प्रश्न उठाउँदै मतपत्रमा मतदान गर्नुपर्ने अडान लिएको छ ।

अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली पक्षले भने नेपाल पक्षले प्रविधिप्रति विश्वास नगर्नुलाई ढुंगे युगको संज्ञा दिएको छ । यसैबीच विद्युतीय मेशिन प्रयोग गर्ने कि नगर्ने भन्ने विषयको विवाद मिलाउन पूर्वस्थायी समितिको बैठक बस्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us