काठमाण्डुका सह–न्यायाधीवक्ता घूस लिँदालिँदै पक्राउ

काठमाण्डु टुडे २०७१ असार २२ गते ५:११ मा प्रकाशित

काठमाण्डु, २२ असार – काठमाण्डुका सह–न्यायाधीवक्ता रामबहादुर थापा र नायब सुब्बा केदार अर्याल घूस लिँदालिँदै पक्राउ परेका छन् ।

akhtiyarअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा कार्यलयबाटै पक्रेको हो ।

उनीहरुलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घूस लिइरहेका बेला रङ्गेहात पक्राउ गरेको आयोग प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कारबाही गरिने सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us