समाचार

विद्यालयमा जिपिएस सेवा राख्ने कार्य सम्पन्न

२०७१ असार २३ गते ८:२९

दार्चुला, २३ असार – जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लामा रहेका सबै विद्यालयलाई ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जिपिएसमा राख्ने काम सम्पन्न गरेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । नेपाल सरकारले देशैभरका सामुदायिक तथा निजी विद्यालयलाई जिपिएसमा नीति ल्याएपछि दार्चुलाका १८ वटा स्रोत केन्द्रका ३३३...

प्रतिनिधि मनोनयन नहुँदा युवा नेता मारमा

२०७१ असार २३ गते ८:१२

काठमाण्डु २३ असार – नेकपा एमाले नवौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयन नगर्दा युवा नेता मारमा परेका छन् । विसं २०४२ देखि एमालेबाट राजनीतिको यात्रा सुरु गरेकी युवा नेत्री धनकुमारी सुनार आफू मनोनीत भएपछि केन्द्रीय सदस्यमा उठेर विजयी हुने तयारीमा थिइन् तर पार्टीको...

फोन र फेसबुकबाट धम्काउने युवा पक्राउ

२०७१ असार २३ गते ८:००

प्युठान, २३ असार – फोन र फेसबुकबाट अर्काको श्रीमतीलाई धम्काउने तीन युवा प्रहरीको फन्दामा परेका छन् । उत्तरी प्युठानको लुङ–६ वाहानेका हीराबहादुर बुढामगर, विक्रम बुढामगर र खवाङ–८ प्युठान घर भई धर्मावति–१ वाग्दुलामा बस्ने एकान्त झाँक्रीमगरलाई साइवर अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।...

खेतीयोग्य जमिन प्लटिङ गर्नेमाथि कारबाही माग

२०७१ असार २३ गते ५:५७

कावासोती, २३ असार–.नवलपरासीका किसानले खेतीयोग्य जमिनमा प्लटिङ गर्नेमाथि कारबाही माग गरेका छन् । रामनगर गाविसको भूमहीमा अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष–२०१४ मनाउने क्रममा विभिन्न कृषि सहकारीमा आवद्ध किसानले यस्तो माग गरेका हुन् । खेतीयोग्य जमिनमा प्लटिङले कृषि उत्पादन घट्ने हुँदा तत्काल रोक्नुपर्ने उनीहरुको भनाइ थियो...

राप्रपा फुटको संघारमा, चन्द पक्षले केन्द्रीय समिति बैठक बोलायो

२०७१ असार २३ गते ४:२३

काठमाण्डु, २३ असार– फुटको संघारमा पुगेको राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आफू पक्षीय केन्द्रीय समितिको बैठक बोलाएका छन् । चन्दले आफू राप्रपाको आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन् । बैठक दिउँसो तीन बजेपछि ललितपुरको सात दोबाटोस्थित नेता बालाराम घर्तीमगरको निवासमा बस्ने केन्द्रीय सदस्य...

नेपाल भारत परामर्श समूहको बैठक सम्पन्न

२०७१ असार २३ गते ३:५६

काठमाण्डु, २३ असार– नेपाल—भारत द्विपक्षीय परामर्श समूहको सुरक्षासम्बन्धी दुईदिने बैठकले सैन्य तालिम, प्रतिरक्षा सामग्री र सुरक्षाको विषयमा एक–आपसमा मिलेर काम गर्ने सहमति गरेको छ । सोमबार सम्पन्न बैठकले द्विपक्षीय सूचना आदान प्रदान र सुरक्षात्मक सन्दर्भमा मिलेर जान सकिने क्षेत्रहरुको पहिचानलगायतका विषयमा सहमति जुटाएको परराष्ट्र...

एमालेमा पदाधिकारी नथप्न दबाब

२०७१ असार २३ गते ३:३१

काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा सोमबारबाट राजनीतिक र संगठनात्मकसहित विभिन्न ६ वटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । बन्दशत्रमा सोमबार ९ टोली नेताले आफ्नो समूहको निष्कर्ष पेस गरे । समूहगत छलफलका लागि १९ वटा समूह बनाइएको थियो ।...

महिला र बालबालिका उच्च जोखिममा

२०७१ असार २३ गते २:५६

खोटाङ, २३ असार– खोटाङमा महिला तथा बालअधिकार हननका घटना दिनानुदिन बढ्दै गएको पाइएको छ । गत चैत १८ देखि असार १७ गतेको अवधिमा जिल्लामा ४४ वटा मानवअधिकार हननका घटना घटेकामा सबैभन्दा बढी महिला तथा बालबालिकासम्बन्धी घटना घटेको पाइएको हो । जिल्लाको मानवअधिकारको अवस्थाबारे एक...

१० मध्ये ७ टोली नेता आफ्नो भएको नेपालको दाबी

२०७१ असार २२ गते १५:०६

काठमाण्डु, २३ असार -नेकपा एमालेको ९ औं अधिवेशनको बन्दसत्रमा समूहगत छलफलका लागि भएको निर्वाचनको परिणाममा आफ्नो पक्ष बलियो देखिएको अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल समूहले दाबी गरेको छ । समुह नेता छान्नको लागि निर्वाचन भएका अधिकांश अञ्चलमा नेपाल पक्षधर विजयी भएको दाबी उसको छ ।...

भारतले धुलिखेल अस्पताल भवन निर्माणका लागि पाँच करोड दिने

२०७१ असार २२ गते १४:५२

काठमाण्डु, २३ असार -भारत सरकारले काभ्रेको धुलिखेल अस्पतालको भवन निर्माणका लागि पाँच करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा धुलिखेल नगरपालिका, अस्पताल र नेपालमा रहेको भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको छ । नयाँ निर्माण हुने संरचनाबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका...

निर शाहको स्वास्थ्यमा सुधार

२०७१ असार २२ गते १४:४८

काठमाण्डु, २३ असार वरिष्ठ कलाकार एवं चलचित्र निर्देशक निर शाहको स्वास्थ्यमा सुधार आएको छ । उहाँको अहिले गंगलाल हृदय रोग केन्द्र काठमाण्डु बाँसवारीमा उपचार भइरहेको छ । असार १५ गते हृदयघात भएपछि उनलाई सीसीयूमा राखेर उपचार गरिएको थियो । अहिले क्याबिनमा राखेर उपचार गराइरहेका...

एमालेले कमायो पाँच वर्षमा पाँच करोड

२०७१ असार २२ गते १४:४१

काठमाण्डु, २२ असार- नेकपा एमालेले ५ वर्षको अवधिमा झण्डै ५ करोड आम्दानी गरेको जनाएको छ । बन्दसत्रमा लेखा समितिले पेश गरेको प्रतिवेदनमा आठौं महाधिवेशनपछि हालसम्म २२ करोड ३२ लाख आम्दानी भएकोमा १७ करोड एक लाख खर्च भएको देखाइएको छ । त्यसको श्रोतको रुपमा कार्यकर्ताबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us