समाचार

राष्ट्रपति बन्ने सपना बुन्दै झलनाथ माधव क्याम्पमा

२०७१ असार २४ गते ८:२७

काठमाण्डु, २४ असार– एमाले अध्यक्ष झलनाथ खनाल अन्तत: माधव नेपालको पक्षमा खडा भएपछि अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली खेमा कमजोर हुने संकेत देखिएको छ । बामदेव गौतमसँग गठबन्धन गरेका ओलीलाई सुरुमै थाहा थियो, बामदेव गौतम निकटका धेरै नेता/कार्यकर्ता माधव खेमातिर लागेका छन् ।...

सभासदलाई पाँच करोड दिने कुरा हल्ला मात्र : अर्थमन्त्री

२०७१ असार २४ गते ८:२६

काठमाण्डु, २४ असार– अर्थमन्त्री रामशरण महतले सरकारले सभासदलाई पाँच करोड दिने तयारी नगरेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । सभासदलाई सांसद क्षेत्र विकास कोषमार्फत पाँच करोड नदिन माग गर्दै मंगलबार अर्थ मन्त्रालय पुगेको एमाओवादी भातृ संगठन योङ कम्युनिष्ट लिग ‘वाइसीएल’ प्रतिनिधि मण्डलसँग...

शुल्क वृद्धिविरुद्ध प्याब्सनमा ताला

२०७१ असार २४ गते ८:१७

चितवन , २४ असार – चितवनका निजी विद्यालयमा शुल्क वृद्धि गरिएको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ चितवनले प्याब्सन जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै तालाबन्दी गरिएको नेविसङ्घ चितवनका पूर्व सचिव परमेश्वर खनालले जानकारी दिए...

सर्पदंशबाट एक बालिकाको मृत्यु

२०७१ असार २४ गते ८:०३

धनगढी, २४ असार – कैलालीको बेलादेवीपुर गाविस वडा नं ३ मा गएराति सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चक्रबहादुर कार्कीकी १३ वर्षीया छोरी यमना कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो । राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमै आएको...

प्रेस स्वतन्त्रतामा कुनै अंकुश लाग्दैन : उपप्रधानमन्त्री सिंह

२०७१ असार २४ गते ७:२४

काठमाण्डु, २४ असार – उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कुनै ऐन तथा विधेयक नल्याउने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा मङगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सुन्दरता नै प्रेस स्वतन्त्रतामा रहेकाले सरकार...

शिक्षकले तलब पाएनन्

२०७१ असार २४ गते ६:१८

जाजरकोट, २४ असार – शिक्षा विभागबाट तलब भत्ता नआएपछि जाजरकोटका पिसिएफ र आधारभूत तहका शिक्षकहरु तलब नपाएर मर्कामा परेका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार पिसिएफ शिक्षकको पूरै रकम रु ३२ लाख रहेको छ । त्यस्तै आधारभूत तहको ३४ लाख, मावि तहको...

पिउने पानीको अभावमा बसाईं सर्ने क्रम बढ्यो

२०७१ असार २४ गते ४:००

इलाम, २४ असार– इलामको सोयाक गाविसका बासिन्दा खानेपानीको समस्या चर्कंदै गएपछि गाउँ नै छाडेर बसाईं सराई सर्न थालेका छन् । सदरमुकामसँग सीमा जोडिएको उक्त गाविसका बासिन्दा खानेपानीको समस्या झेल्न नसकेर पुख्र्याैली थलो छाड्न बाध्य भएका हुन् । ‘सम्म परेका टारबारी र रमाइलो गाउँ छाडेर...

झलनाथको पासमा माधव नेपालले गोल गर्छन्: भट्टराई

२०७१ असार २४ गते ३:१०

काठमाण्डु, २४ असार– एमाले अध्यक्ष झलनाथ खनालले भावी अध्यक्षमा माधवकुमार नेपाललाई सघाउने भएका छन् । निर्णायक मानिएका खनाल आफूतिर ढल्किएपछि जित सुनिश्चित भएको दाबी नेपाल समूहको छ । यसअघि नेपाल र अध्यक्षका अर्का दाबेदार केपी शर्मा ओली दुवै समूहले खनालको समर्थन लिन दौडधुप गरेका...

संवैधानिक वार्ता उपसमितिद्वारा निर्वाचन हारेका दलसँग छलफल

२०७१ असार २४ गते ३:०२

काठमाण्डु, २४ असार– संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको प्रारम्भिक वार्ता समितिले मंगलबार पनि संविधानसभाबाहिरका दलसँग छलफल गरेको छ । संविधान निर्माणका क्रममा देखिएका असहमतिका विषय पहिचान गरी सहमति कायम गर्ने प्रयासमा उपसमितिले सोमबार र मंगलबार गरी संविधानसभा निर्वाचनमा पराजित भएका ४५ वटा...

सल्लाको खोटो संकलन गर्न आएका भारतीय मृत फेला

२०७१ असार २४ गते २:५१

उदयपुर, २४ असार– उदयपुरको लाफागाउँ–१ पाकटामा सल्लाको खोटो सङ्कलन गर्न आएका एक भारतीय नागरिक मृत फेला परेका छन् । भारत कास्मिरका अन्दाजी ३५ वर्षीय बलिन्द्र सिंह जंगलमा मृत फेला परेका हुन् । सुनसरी तरहराको टर्पेन्टाइन प्रालिमार्फत भारतीय १५ जनाको टोली सल्लाको खोटो सङ्कलन गर्नका...

एमाले महाधिवेशन लम्बियो

२०७१ असार २४ गते २:२९

काठमाण्डु, २४ असार– राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज पनि टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै छन् । बिहान नै बजेपछि भृकुटी मण्डपमा सुरु हुने बन्दसत्रमा समूह नेताले बाँकी ९ टोली नेताले सुझाव प्रस्तुत गर्नेछन् । समूहगत छलफलका लागि बनाइएका १९...

छोरी जन्माएको आरोपमा परिवारै मिलेर घर निकाला

२०७१ असार २४ गते २:०१

सप्तरी, २४ असार– छोरी जन्मेको आरोपमा घरेलुहिंसामा परेकी सप्तरी ठेलिया–७ गोरपारकी १८ वर्षीया मनिता कुमारी खङ्गले जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् । मनिताले पति देवनारायण, ससुरा लक्ष्मण, सासू सरस्वती र जेठाजु सुरजा खङ्गबाट घरेलु हिंसा भएको भन्दै मुद्दा दर्ता गरेकी हुन् । पीडितको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us