सर्पदंशबाट एक बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २४ गते ८:०३ मा प्रकाशित

धनगढी, २४ असार – कैलालीको बेलादेवीपुर गाविस वडा नं ३ मा गएराति सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चक्रबहादुर कार्कीकी १३ वर्षीया छोरी यमना कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमै आएको विषालु सर्पले डसेर बेहोस भएकी ती बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

सेती अञ्चल अस्पतालका आकस्मिक कक्ष प्रमुख कृष्णबहादुर बोहराले गएको तीन महिनामा मात्रै सर्पदंशका झन्डै ५० बिरामी उपचारार्थ आएकामा छ जनाको मृत्यु भएको बताउनुभयो । उपचारका लागि आएका बिरामीमध्ये तीन जनालाई अन्यत्र पठाइएको थियो ।

अस्पतालमा सर्पदंशका बिरामीलाई एन्टी स्नेक भेनम निःशुल्क रुपमा लगाउने गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us