शिक्षकले तलब पाएनन्

काठमाण्डु टुडे २०७१ असार २४ गते ६:१८ मा प्रकाशित

जाजरकोट, २४ असार – शिक्षा विभागबाट तलब भत्ता नआएपछि जाजरकोटका पिसिएफ र आधारभूत तहका शिक्षकहरु तलब नपाएर मर्कामा परेका छन् ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार पिसिएफ शिक्षकको पूरै रकम रु ३२ लाख रहेको छ ।

त्यस्तै आधारभूत तहको ३४ लाख, मावि तहको १९ लाख र भौतिक पूर्वाधारको तीन करोड तलब भत्ता शिक्षा विभागबाट नआउँदा समस्या उत्पन्न भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत पहलमान अधिकारीले बताए ।

दरबन्दीका शिक्षकले मात्र अहिले तलब बुझ्न पाएको कार्यालयले बताएको छ । अन्य शिक्षकको तेस्रो चौमासिक पूरै बाँकी रहेको छ ।

जिल्लामा चालु तेस्रो चौमासिकभित्र निर्माण गरिएका २१४ वटा भौतिक संरचनाको पनि विभागबाट पैसा नआउँदा जिल्ला शिक्षा कार्यालयले झुक्तानी दिन पाएको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us