सल्लाको खोटो संकलन गर्न आएका भारतीय मृत फेला

काठमाण्डु टुडे २०७१ असार २४ गते २:५१ मा प्रकाशित

उदयपुर, २४ असार– उदयपुरको लाफागाउँ–१ पाकटामा सल्लाको खोटो सङ्कलन गर्न आएका एक भारतीय नागरिक मृत फेला परेका छन् ।

भारत कास्मिरका अन्दाजी ३५ वर्षीय बलिन्द्र सिंह जंगलमा मृत फेला परेका हुन् । सुनसरी तरहराको टर्पेन्टाइन प्रालिमार्फत भारतीय १५ जनाको टोली सल्लाको खोटो सङ्कलन गर्नका लागि सोमबार लाफागाउँ पुगेको थियो ।

उनको शव जंगलमा स्याउलाले छोपेको अवस्थामा फेला परेको पहरी निरीक्षक बाबुराम पोखरेलले जानकारी दिए । घटनास्थल सदरमुकाम गाईघाटदेखि ४० कोस उत्तरमा पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us