समाचार

घट्टको पाइपमा छिरेर मृत्यु

२०७१ असार २५ गते १२:२४

जाजरकोट, २५ असार – खलङ्गा–९ स्थित दिवाकर शाहको घट्टको पाइमा छिरेर सोही ठाउँ बस्ने नेत्रबहादुर बटलाको छोरा ३ वर्षीय प्रकाश बटलाको मृत्यु भएको छ । ती बालक बुधबार उक्त पाइपमा छिरेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी टोली खटी गई बालकलाई पाईपबाट...

३३ प्रतिशत महिला प्रतिनिधि नभए विधान पास हुन नदिने चेतावनी

२०७१ असार २५ गते १०:५४

काठमाण्डु, २५ असार –  नेकपा एमाले महिला प्रतिनिधिले पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत अनिवार्य व्यवस्था विधानमै उल्लेख गर्न दबाब दिन अभियान थालेका छन् । भृकुटीमण्डपमा जारी नवौं महाधिवेशनमा उपस्थित महिला प्रतिनिधिले विधान संशोधनमा पार्टी सदस्यताको आधारमा केन्द्रीय कमिटीमा व्यवस्था गर्ने प्रस्ताव आएपछि उनीहरुले ३३...

अध्यक्षमा केपी अ‍ोलीको विकल्प छैन : प्रवासी नेपाली

२०७१ असार २५ गते १०:०९

काठमाण्डु, २५ असार – नेकपा एमालेको नवौं महाधिवेशनमा प्रतिनिधि चयन भएर आएका प्रवासी नेपालीहरुले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित कार्यक्रममा विभिन्न देशका प्रवासी प्रतिनिधिहरुले एमालेको नवौं महाधिवेशनले आगामी दिनमा पार्टीलाई सुदृढ र जिवन्त तुल्याउन पनि...

प्रधानमन्त्री कोइरालाले पाँचौँ पटकको रेडियोथेपारी लिने

२०७१ असार २५ गते ९:३१

काठमाण्डु,२५ असार – प्रधानमन्त्री सुशील कोइरालाले बुधबार पाँचाँै पटकको रेडियोथेपारी लिने भएका छन् । प्रधानमन्त्री कोइरालाले रेडियोथेपारी लिन लागेको निजी चिकित्सक डा करवीरनाथ योगीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइराखेको छ । चिकित्सक योगीले प्रधानमन्त्री कोइरालाको...

राप्रपा नेपालले ११ अञ्चल संयोजक तोक्यो

२०७१ असार २५ गते ९:२९

काठमाण्डु, २५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम ११ अञ्चलमा पार्टी केन्द्रीय सदस्यहरुलाई अञ्चल संयोजक मनोनयन गरेका छन् । मनोनित हुनेहरुमा राम थापा (मेची), रामकुमार सुब्बा (कोसी), हरिनारायण यादव (सगरमाथाअन्तर्गत सिरहा, सप्तरी र उदयपुर), भूपाल किराती (सगरमाथाअन्तर्गत ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु),...

झुठो विवरण पेस गरी नागरिकता लिने भारतीय पक्राउ

२०७१ असार २५ गते ९:१९

महोत्तरी, २५ असार – झुठो विवरण पेस गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुवनी जिल्लाको मधवापुर थानाअन्तर्गत रामपुर बस्ने राजाराम ठाकुर रहेका छन् । ठाकुरले महोत्तरीको बथनाहा– ४ बस्ने मामा दशरथ...

ब्राजिलले हार्दा किशोरीले गरिन् आत्महत्या

२०७१ असार २५ गते ९:१२

सुनसरी, २५ असार – विश्वकप फुटबलमा ब्राजिलले हार्दा किशोरीले आत्महत्या गरेकी छन् । बुधबार भएको सेमिफाइनल खेलमा ब्राजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग...

महिला पत्रकारमा सामाजिक सुरक्षाको अभाव

२०७१ असार २५ गते ८:३९

रुकुम, २५ असार – जिल्लामा क्रियाशील महिला पत्रकारले पत्रकार महिलाको सामाजिक सुरक्षाको प्रत्याभूति नभएको बताएका छन् । काम गर्ने क्रममा विभिन्न समस्या भोग्नुपर्ने कारणले सामाजिक सुरक्षासम्बन्धी चुनौती मुख्य भएको उनीहरुको भनाइ छ । जिल्लामा क्रियाशील पत्रकार महिला जिल्ला शाखा रुकुमले बुधबार आयोजना गरेको एक...

पत्रकार हत्यामा संलग्नलाई जन्मकैदको फैसला

२०७१ असार २५ गते ८:३४

इलाम, २५ असार – झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई पुनरावेदन अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीशद्वय उदयप्रकाश चापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलासले मङ्गलबार पौड्यालको हत्यामा संलग्न झापाकै युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल (कार्की) र सोमनाथ ढकाललाई जन्मकैदको...

भरतमोहनले त्यागे सक्रिय राजनीति

२०७१ असार २५ गते ८:३२

काठमाण्डु, २५ असार – एमाले नेता भरतमोहन अधिकारीले पार्टीको कार्यकारी नेतृत्वमा नरहने घोषणा गरेका छन् । काठमाण्डुमा जारी एमाले नवौं महाधिवेशनमा अधिकारीलेसक्रिय राजनीतिबाट बिदा लिएको बुधबार घोषणा गरेका हुन् । एमालेको संशोधित विधानअनुसार पार्टीको कार्यकारी पदमा ७० वर्ष पुगेपछि बिदा लिनुपर्दछ । अधिकारी तीन...

पार्टीको मुखपत्र वितरणमा विवाद

२०७१ असार २५ गते ७:००

काठमाण्डु, २५ असार – नेकपा एमालेको जारी नवौँ महाधिवेशनमा पार्टीको प्रचार उपसमितिद्वारा प्रकाशित ‘उद्घोष’ पत्रिका वितरणको विषयलाई लिएर महाधिवेशनस्थलमा विवाद भएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली प्रधान सम्पादक र सचिव सूर्य थापा सम्पादक रहनुभएको सो पत्रिका वितरण गरिरहेका स्वयम् सेवकलाई वरिष्ठ नेता...

चितवनका १७ हजार घरधुरी असुरक्षित पानी पिउन बाध्य

२०७१ असार २५ गते ४:०९

चितवन, २५ असार– चितवमा करिब १७ हजार बढी घरधुरीका मानिस असुरक्षित स्रोतको पानी प्रयोग गर्न बाध्य छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणि शर्माले जिल्लामा रहेको कुल एक लाख ३६ हजार घरधुरीमध्ये अझै १६ हजार ५२५ घरधुरीका मानिस असुरक्षित पानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us