चितवनका १७ हजार घरधुरी असुरक्षित पानी पिउन बाध्य

काठमाण्डु टुडे २०७१ असार २५ गते ४:०९ मा प्रकाशित

चितवन, २५ असार– चितवमा करिब १७ हजार बढी घरधुरीका मानिस असुरक्षित स्रोतको पानी प्रयोग गर्न बाध्य छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणि शर्माले जिल्लामा रहेको कुल एक लाख ३६ हजार घरधुरीमध्ये अझै १६ हजार ५२५ घरधुरीका मानिस असुरक्षित पानी प्रयोग गर्न बाध्य रहेको बताए ।

यस्तै एक हजार ५१८ घरधुरीले कुवाको पानी प्रयोग गर्ने गरेको र खोला या कुलाको पानी पिउनका लागि प्रयोग गर्ने ३०८ घरधुरी रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चितवनमा विभिन्न आयोजनाबाट ५७ हजार ६०३ घरधुरीले पानीको सुविधा पाएका छन् ।

यस्तै ६९ घरधुरीले बर्षातको पानी सङ्कलन गर्ने गरेको र ९५४ घरधुरीले भने व्यवस्थित रुपमा पानी सङ्कलन गर्ने गरेको शर्माले जानकारी दिए । । व्यवस्थित प्रणालीबाट पानी सङ्कलन गर्ने १२ हजार घरधुरी छन् । जिल्लामा विभिन्न निकायबाट कुल २४२ आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us