राप्रपा नेपालले ११ अञ्चल संयोजक तोक्यो

काठमाण्डु टुडे २०७१ असार २५ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, २५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम ११ अञ्चलमा पार्टी केन्द्रीय सदस्यहरुलाई अञ्चल संयोजक मनोनयन flag of rppnगरेका छन् ।
मनोनित हुनेहरुमा राम थापा (मेची), रामकुमार सुब्बा (कोसी), हरिनारायण यादव (सगरमाथाअन्तर्गत सिरहा, सप्तरी र उदयपुर), भूपाल किराती (सगरमाथाअन्तर्गत ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु), चन्देश्वरप्रसाद यादव (जनकपुरअन्तर्गत धनुषा, महोत्तरी, सर्लाही), मीनबहादुर थिङ (जनकपुरअन्तर्गत रामेछाप, सिन्धुली, दोलखा) रहेका छन् ।

त्यस्तै मधु अधिकारी (नारायणी), बाबुकाजी प्रधान (बागमती), मनोज प्रधान (राप्ती), रमेश अर्याल (भेरी), प्रेमबहादुर शाही (कर्णाली), श्यामबहादुर शाही (सेती) र हिक्मतसिंह भण्डारी (महाकाली) रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us