जाजरकोट, २५ असार – खलङ्गा–९ स्थित दिवाकर शाहको घट्टको पाइमा छिरेर सोही ठाउँ बस्ने नेत्रबहादुर बटलाको छोरा ३ वर्षीय प्रकाश बटलाको मृत्यु भएको छ ।
ती बालक बुधबार उक्त पाइपमा छिरेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी टोली खटी गई बालकलाई पाईपबाट निकाली उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।