प्रधानमन्त्री कोइरालाले पाँचौँ पटकको रेडियोथेपारी लिने

काठमाण्डु टुडे २०७१ असार २५ गते ९:३१ मा प्रकाशित

काठमाण्डु,२५ असार – प्रधानमन्त्री सुशील कोइरालाले बुधबार पाँचाँै पटकको रेडियोथेपारी लिने भएका छन् ।

sushil koiralaप्रधानमन्त्री कोइरालाले रेडियोथेपारी लिन लागेको निजी चिकित्सक डा करवीरनाथ योगीले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइराखेको छ । चिकित्सक योगीले प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले पाँचौँ पटकसम्म रेडियोथेरापी लिनुपर्ने सुझाव दिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको डा योगीले जानकारी दिएको उल्लेख गरिएको छ ।

पाँचाँै पटकको रेडियोथेपारी सम्पन्न भएपछि प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नुहुने विज्ञप्तिमा जनाइएको छ ।

चिकित्सकको सल्लाहपछि मात्र प्रधानमन्त्रीको नेपाल फर्किने समय तय हुनेछ । चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री कोइराला उपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us