एमाले महाधिवेशन लम्बियो

काठमाण्डु टुडे २०७१ असार २४ गते २:२९ मा प्रकाशित

काठमाण्डु, २४ असार– राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज पनि टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै छन् ।

Pro_ktm_ UML 9th Congress (8)बिहान नै बजेपछि भृकुटी मण्डपमा सुरु हुने बन्दसत्रमा समूह नेताले बाँकी ९ टोली नेताले सुझाव प्रस्तुत गर्नेछन् । समूहगत छलफलका लागि बनाइएका १९ मध्ये १० टोली नेताले हिजै धारणा राखेका थिए ।

टोली नेताले टिप्पणी गर्ने काम सकिएलगत्तै अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख युवराज ज्ञवालीलगायले बन्दसत्रमा आएका सुझाव, आलोचना र टिप्पणीबारे जवाफ दिएसँगै प्रतिवेदन  पारित हुनेछ ।

त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए । १९ गते सुरु भएको महाधिवेशन भोलि सकिने बताइए पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्नेबारे विवाद भएका कारण केही दिन लम्बिने भएको छ ।

अध्यक्षका दाबेदार माधवकुमार नेपाल पक्षले मेशिनको विश्वसनीयतामा प्रश्न उठाएपछि मतपत्रमार्फत मतदान हुने भएको छ । आजदेखि मतपत्र छपाइको काम हुने अध्यक्ष मण्डलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us