काठमाण्डु, २३ असार -नेकपा एमालेको ९ औं अधिवेशनको बन्दसत्रमा समूहगत छलफलका लागि भएको निर्वाचनको
परिणाममा आफ्नो पक्ष बलियो देखिएको अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल समूहले दाबी गरेको छ ।
समुह नेता छान्नको लागि निर्वाचन भएका अधिकांश अञ्चलमा नेपाल पक्षधर विजयी भएको दाबी उसको छ ।
निर्वाचन भएका १० मध्ये ७ वटा समुहमा नेपाल पक्षधर विजयी भएको उनको सचिवालयले जनाएको छ । १९ वटा समूह विभाजन गरिएको छलफल समूहमा बहुमत टोली नेता नेपाल पक्षधर छानिएको उसले जनाएको छ ।
निर्वाचन भएका जनकपुुर, नारायणी, बागमती, सेती, महाकाली र प्रवासमा नेपाल पक्षधर टोली नेता छानिएका छन् । निर्वाचन भएका स्थानको मत परिणाम अनुसार नेपाल पक्षले १०० बढी मत प्राप्त गरेको छ ।
कोशी, सगरमाथा, उपत्यका, गण्डकी, लुुम्बिनी, राप्ती÷कर्णाली, जनसंगठन, सल्लाहकार र ज्येष्ठ मंचमा सर्वसम्मत टोली नेता छानिएका छन् ।