भारतले धुलिखेल अस्पताल भवन निर्माणका लागि पाँच करोड दिने

काठमाण्डु टुडे २०७१ असार २२ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २३ असार -भारत सरकारले काभ्रेको धुलिखेल अस्पतालको भवन निर्माणका लागि पाँच करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा धुलिखेल नगरपालिका, अस्पताल र नेपालमा रहेको भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नयाँ निर्माण हुने संरचनाबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका साथै आसपास २५ लाख बढी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुग्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us