खेतीयोग्य जमिन प्लटिङ गर्नेमाथि कारबाही माग

काठमाण्डु टुडे २०७१ असार २३ गते ५:५७ मा प्रकाशित

कावासोती, २३ असार–.नवलपरासीका किसानले खेतीयोग्य जमिनमा प्लटिङ गर्नेमाथि कारबाही माग गरेका छन् ।

रामनगर गाविसको भूमहीमा अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष–२०१४ मनाउने क्रममा विभिन्न कृषि सहकारीमा आवद्ध किसानले यस्तो माग गरेका हुन् । खेतीयोग्य जमिनमा प्लटिङले कृषि उत्पादन घट्ने हुँदा तत्काल रोक्नुपर्ने उनीहरुको भनाइ थियो ।

खेतीयोग्य जमिनले खण्डीकरण रोक्न किसानले मल, बीउ, कृषि प्रविधिमा छुट दिइनुका साथै किसानको उत्पादनमा लागतका आधारमा मूल्य निर्धारण गर्न सरकार अग्रसर हुनुपर्ने किसानको माग थियो ।
किसानले जसोतसो व्यवस्था गरी उत्पादन गरेको कृषि उपजको मूल्य व्यवसायी र विचौलियाले निर्धारण गर्ने गर्दा त्यसको मार उपभोतmामा पर्ने हुादा सरकारले बजार नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us