काठमाण्डु, २२ असार- नेकपा एमालेले ५ वर्षको अवधिमा झण्डै ५ करोड आम्दानी गरेको जनाएको छ ।
बन्दसत्रमा लेखा समितिले पेश गरेको प्रतिवेदनमा आठौं महाधिवेशनपछि हालसम्म २२ करोड ३२ लाख आम्दानी भएकोमा १७ करोड एक लाख खर्च भएको देखाइएको छ ।
त्यसको श्रोतको रुपमा कार्यकर्ताबाट उठाउने लेबी मुख्य रहेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै अनुशासन आयोगले पेश गरेको प्रतिवेदनमा पार्टी, पार्टी जस्तो नभएको र नेताहरुको घर पार्टी कार्यालय जस्तो भएको उल्लेख गरिएको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले पेश गरेको प्रतिवेदनमा पार्टीमा गुटबन्दी चर्किंदै जाँदा एक गुटले अर्को गुटलाई असहयोग गर्ने, विधि र पद्धति नभएको अराजक समूहजस्तो देखिएको उल्लोख गरिएको छ ।