राप्रपा फुटको संघारमा, चन्द पक्षले केन्द्रीय समिति बैठक बोलायो

काठमाण्डु टुडे २०७१ असार २३ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, २३ असार– फुटको संघारमा पुगेको राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आफू पक्षीय केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

lokendra
चन्दले आफू राप्रपाको आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन् । बैठक दिउँसो तीन बजेपछि ललितपुरको सात दोबाटोस्थित नेता बालाराम घर्तीमगरको निवासमा बस्ने केन्द्रीय सदस्य वसन्तजंग अधिकारीले जानकारी दिए । बैठकमा पार्टीको भावी रणनीति लगायत विषयमा छलफल हुने उनले बताए ।

एक वर्षअघि भएको एकता अधिवेशनमा पार्टी नेतृत्व चक्रीय प्रणालीका आधारमा गर्ने र थापापछि आफूले नेतृत्व गर्ने सहमति भएको दाबी गर्दै चन्ले आफैंलाई अध्यक्ष घोषणा गरेपछि राप्रपामा नेतृत्व विवाद चुलिएको हो ।

तर थापाले भने आफूपछि पशुपति शम्शेर राणालाई अध्यक्ष बनाएका छन् । केही दिनअघि चन्दले आफूलाई आधिकारिक अध्यक्षको मान्यता दिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us