अनुदान रकम दलको भागबण्डामा

काठमाण्डु टुडे २०७१ असार २२ गते २:२५ मा प्रकाशित

गोरखा, २२ असार – गाविसको विकासका लागि राज्यले दिएको अनुदान रकम यहाँका गाविस सचिवले राजनीतिक पार्टीलाई चन्दा दिएका छन् ।

जिल्लामा रहेका ६६ गाविस कार्यालयबाट १३ लाख २० हजार एकमुष्ट रकम जिल्लास्थित चार राजनीतिक दललाई दिएका हुन् । यसरी चन्दा पाउनेमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादी रहेका छन् ।

चन्दा नदिए धम्की आउने गरेका कारण प्रत्येक पार्टीलाई पाँच हजारका दरले दिएको नाम नखुलाउने सर्तमा एक गाविस सचिवले बताए । बैंकमा जम्मा हुने गरी चेक दिएका छौँ, सिधै व्यक्तिले साट्न सक्तैन, त्यसो हुँदा पार्टीलाई दिए पनि उनीहरुले सदुपयोग गर्ने उनको भनाइ छ ।

पार्टीको अन्य आम्दानी नभएका कारण चन्दाबाटै पार्टी चलाउनु परेकाले गाविसले दिएको रकम आफूहरुले लिएको राजनीतिक पार्टीका नेताहरुले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us