टाटा सुमो पल्टिँदा एकको मृत्यु, १० घाइते

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, २२ असार – सर्लाहीबाट काठमाण्डु आउदै गरेको टाटा सुमो दुर्घटना हुँदा एक मारिएका छन् भने १० गम्भिर घाइते भएका छन् ।

ना १ ज ४२५५ नंबरको सो सुमो मकवानपुरको कुलेखानी गाविसको कुलेखानी ड्याम नजिकै सडकबाट ५० फीट तल खसेको हो ।

घाइतेको उपचारको लागि काठमाण्डु ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण पत्ता नलागिसकेकाले आवश्यक अनुसंधान थालेको प्रहरीले बताएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us