कोदालो प्रहार गरी ज्यान मार्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असार २२ गते १२:३० मा प्रकाशित

सप्तरी, २२ असार – कोदालो प्रहार गरी भाई बुहारी र भतिजालाई मारेको अभियोगमा मलहनिया–२ बस्ने ४५ बर्षीय रामेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले आइतबार घरायसी विवादमा ३० बर्षीया भाई बुहारी रितादेवी यादव र १० बर्षीय भतिजा मनिष कुमार यादवलाई कोदालो प्रहार गरी मारेको बताइएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अभियुक्त रामेश्वर यादवलाई कोदालो सहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us