काठमाण्डु, २२ असार – घुस लिएको अभियोगमा पक्राउ परेका काभ्रे जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रल्हादप्रसाद धितालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग निजी जग्गाका रुख कटानको स्वीकृति दिने क्रममा अभियुक्त घिमिरेलाई आयोगको विशेष टोलीले रु २० हजार घुस लिँदालिँदै यही असार ११ गते पक्राउ गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अभियुक्त धिताललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हदैसम्मको काराबहीको माग गरिएको छ ।