समाचार

बोगटीकाे नेपालमै उपचार गर्न भारतीय चिकित्सकको सुझाव

२०७१ भदौ २९ गते २:५४

काठमाण्डु, २९ भदौ– भारतीय चिकित्सकले  मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई भारत नल्याउन सुझाव दिएका छन् । आफूहरुले पनि नर्भिकमा उपचार गराइएको विधि र प्रविधि प्रयोग गरी उपचार गर्ने भएकाले नल्याउन सुझाव आएको हो । स्वास्थ्यमा सन्तोषजनक सुधार नदेखिएपछि एमाओवादी...

बाबुरामसँग देश टुक्रयाउने माग राख्ने राउत पक्राउ

२०७१ भदौ २९ गते २:३८

काठमाण्डु, २९ भदौ– भावी संविधानमा देश टुक्र्याउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउँदै आएका डा. सीके राउत पक्राउ परेका छन् । सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर...

मलेसिया पठाइएको कन्टेनर धादिङ नपुग्दै खाली

२०७१ भदौ २९ गते २:२७

काठमाण्डु, २९ भदौ– राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट कट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ । घटना यही भदौ २० गतेको हो । भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित...

निराश हुँदै फर्किए नेविसंघका प्रतिनिधि

२०७१ भदौ २९ गते २:१३

काठमाण्डु, २९ भदौ– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटनको अघिल्लो दिन स्थगित भएको छ । स्थगित भएको सूचना पाएपछि प्रतिनिधिहरु निराश र आक्रोशित बनेर फर्कन थालेका छन् । काठमाण्डु आउँदै गरेका प्रतिनिधि भने बीच बाटोबाटै फर्केका छन् । नेविसंघ महाधिवेशन आइतबारदेखि मंगलबारसम्म गर्ने...

बञ्चरोले दाह्री जुंगा खौरन्छन् राउटे

२०७१ भदौ २९ गते २:०९

काठमाण्डु, २९ भदौ– आफ्ना ‘जनता’ का लागि खाद्यान्न जोहो गर्न गत सोमबार दैलेखको घोडाबास जंगलबाट सुर्खेत हुँदै राजधानी आइपुगेका चार जना राउटेलाई शनिबार कलंकीस्थित एक निजी विद्यालय पुगेका बेला विद्यार्थीहरुले सोधे,‘ राउटे दाइ तपाईंहरु जुँगा, दाह्री र नङ केले काट्नुहुन्छ ?’ विद्यार्थीको प्रश्नमा मुखिया...

ललितपुरको मन्त्री क्वार्टर मेरै काकाले बनाएका हुन: बस्नेत

२०७१ भदौ २८ गते १३:४१

काठमाण्डु, २८ भदौ– एमाले युवा संघका अध्यक्ष एवम् नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले ललितपुरको पुलचोकस्थित मन्त्री निवास आफ्नो काकाले बनाएको दाबी गरेका छन् । नयाँबानेश्वरको अल्फाबिटामा शनिबार आयोजित युवा संघको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका छन् । ‘मन्त्री भएपछि थाहा भयो...

हिन्दू राज्य नभए धार्मिक युद्ध लड्ने कमल थापाको धम्की

२०७१ भदौ २८ गते १३:२४

काठमाण्डु, २८ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म निरपेक्षतासहितको संविधान जारी भए नेपालमा धार्मिक युद्ध हुने चेतावनी दिएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा थापाले सनातन हिन्दूधर्मसहितको संविधान जारी नभए मुलुकमा रक्तपात हुने बताएका हुन् । नेपालमा धार्मिक युद्ध भए त्यसको...

नेविसंघ केन्द्रीय समिति भंग गर्नुपर्ने माग गर्दै सानेपामा आमरण अनसन

२०७१ भदौ २८ गते १३:१५

काठमाण्डु, २८ भदौ– काँग्रेस सम्वद्ध विद्यार्थी संगठन  नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नुपर्ने माग गर्दै दुई कार्यकर्ताले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका छन् । आइतबारबाट काठमाण्डुमा हुने भनिएको अधिवेशन अन्तिम समयमा स्थगित भएपछि गणेश सापकोटा र शंकर पौडेलले केन्द्रीय...

अधिवेशन रोकिएपछि नेविसंघका कुन नेताले कसरी पाेखे अाक्राेस ?

२०७१ भदौ २८ गते १३:००

काठमाण्डु, २८ भदौ– आइतबार राजधानीमा सुरु हुने भनिएको नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विधार्थी संघको ११ औ अधिवेशन अनिश्चित कालका लागि स्थगित भएसँगै अध्यक्षका प्रत्यासी एवम नेविसंघका नेताहरुले काँग्रेस नेतृत्व नै निकम्मा भएको भन्दै आक्रोश पोखेका छन् । शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा नेविसंघका...

पहिरोले अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो

२०७१ भदौ २८ गते १२:१७

नुवाकोट, २८ भदौ– अविरल वर्षासँगै खसेको पहिरोको कारण अवरुद्ध पासाङ ल्हामु राजमार्गको काठमाण्डु–त्रिशूली खण्डमा यातायात सञ्चालनमा आएको छ । डोजरको सहायतामा पहिरो पन्छाएपछि चार दिनदेखि अवरुद्ध यातायात शनिबारबाट खुलेको हो । बुधबार राति वर्षातसँगै उक्त सडकको ३५ किलोदेखि बेलकोटसम्म करिब सयभन्दा बढी स्थानमा पहिरो...

माओवादीका १० कार्यकर्ता कमल थापाको नियन्त्रणमा

२०७१ भदौ २८ गते ११:५२

संखुवासभा, २८ भदौ– जर्वजस्ती चन्दा उठाएको आरोपमा प्रहरीले नेकपा-माओवादीका एक जिल्ला कमिटि सदस्यसहित १० जनालाई पक्राउ गरेकोछ । जिल्लाको सभापोखरी– २ बाह्रबिसे बजारमा अलैंची व्यापारीसँग चन्दा असुल्दै गरेका बेला उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कमल थापाले बताए । पक्राउ पर्नेमा...

कोष्टारिकामा समातिएका नेपाली छुटाउन सरकारले थाल्यो पहल

२०७१ भदौ २८ गते ११:३७

काठमाण्डु, २८ भदौ– सरकारले दलालाई पैसा खुवाएर अवैधानिक बाटोबाट अमेरिका छिर्न लाग्दा कोष्टारिकामा पक्राउ परेका नेपाली रिहाइको पहल थालेको छ । अमेरिकास्थित नेपाली दूतावासमार्फत उनीहरुको रिहाइको पहल भइरहेको परराष्ट्रका अधिकारीले बताएका छन् । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी  कोष्टारिकामा पक्राउ परेका नेपालीको रिहाइका लागिपहल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us