काठमाण्डु, २८ भदौ– एमाले युवा संघका अध्यक्ष एवम् नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले ललितपुरको पुलचोकस्थित मन्त्री निवास आफ्नो
काकाले बनाएको दाबी गरेका छन् ।
नयाँबानेश्वरको अल्फाबिटामा शनिबार आयोजित युवा संघको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका छन् ।
‘मन्त्री भएपछि थाहा भयो ललितपुरको मन्त्री क्वार्टर मेरा काकाले बनाउनुभएको रहेछ’, बस्नेतले भने, ‘आफ्नै छोरालाई बस्न मन्त्री क्वार्टर बनाइएछ भन्नुभयो ।’
आफ्नो जन्म मजदुर परिवारमा भएको भन्दै उनले आफ्ना काकाले मन्त्री क्वार्टर बनाउँदा मजदुर ओसार्ने पेटी ठेकेदारको काम गरेको उल्लेख गरे । उनले आफूलाई कुनै लोभलालच नभएको भन्दै मन्त्री पदको दुरुपयोग गेर पैसा कमाउने काम नगर्ने जिकिर गरे ।
बस्नेतले आफूकहाँ व्यीक्तगत काम लिएर नआउन कार्यकर्तालाई आग्रह गरे । उनले नेपाली युवालाई विदेश् जानबाट रोक्ने र जीर्ण उद्योग पुन:सञ्चालन आफ्नो प्राथमिकता रहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णबहादुर थापालाई हटाएर बस्नेतलाई शुक्रबार मन्त्री बनाएका थिए ।