काठमाण्डु, २८ भदौ– काँग्रेस नेता अर्जुननरसिंह केसीले एमाओवादीले भनेजस्तो उच्चस्तरीय राजनीतिक समिति आवश्यक नरहेको बताएका छन् । काँग्रेस धादिङ ज्यामरुङ सम्पर्क समितिको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै केसीले साधारणसंविधानसभाको समानान्तर हुने गरी उच्चस्तरीय समिति गठन हुन नसक्ने बताए । उनले पूर्वनिर्धारित मिति ८ माघमा...
काठमाण्डु, २८ भदौ– एकीकृत माओवादीले हृदयघात र मस्तिष्कघातका कारण अचेत भएका आफ्ना उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप उपचारका लागि विदेश लाने तयारी गरेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका बोगटीको स्वास्थ्यमा सन्तोषजनक सुधार नदेखिएपछि देशबाहिर लानेबारे शीर्ष नेतृत्वतहमा छलफल भएको हो । एमाओवादीले यसअघि...
विराटनगर, २८ भदौ– संगठनको आचरणविपरीत काम गर्ने पूर्वका ५ सय बढी प्रहरी निलम्बनमा परेका छन् । ८९ प्रहरीको जागिर गएको छ । पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले सर्वसाधारणसँग रकम उठाएर खाने गरेकोसहित विभिन्न आरोपमा ती प्रहरीमाथि विभागीय कारबाही अघि बढाएको हो । पूर्वाञ्चल क्षेत्रीय...
काठमाण्डु, २८ भदौ– एमाले वरिष्ठ नेता झलनाथ खनालले नेकपा–माओवादीसँगको गठबन्धन तोड्न एकीकृत माओवादीलाई आग्रह गरेका छन् । पार्टी सम्वद्ध युवा संघ नेपालको प्रथम विस्तारित बैठकलाई राजधानीमा शनिबार सम्बोधन गर्दै खनालले वैद्य माओवादीको नाम नलिइकनै संविधानविरोधीसँ गठबन्धन तोडेर लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न आग्रह गरे ।...
काठमाण्डु, २८ भदौ– नवनियुक्त उद्योगमन्त्री एवम् युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले आफू र युवासंघविरुद्ध टिप्पणी गर्नेले कुनै दिन पुर्पुरोमा हात राखेर पछुताउनुपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आफू मन्त्री भएपछि आएका टिप्पणीप्रति आक्रोश पोखे । आफ्नोबारे नकारात्मक कुरा गरेर अन्याय...
विराटनगर, २८ भदौ– जंगली हरिणको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुडिरहेको मोटरसाइकललाई हरिणले ठक्कर दिँदा इटहरी–२ का ४५ वर्षीय ईन्द्रबहादुर गुरुङलाई गम्भीर घाइते भएका हुन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । को १६ प २११७ नम्बरको मोटरसाइकललाई...
दाङ, २८ भदौ– नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भावी संविधानसभा सम्पूर्ण विषयमा बाहिरै सहमति भए मात्र आफूहरु संविधान लेखन प्रक्रियामा सहभागी हुने स्पष्ट गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा वैद्यले संविधासभाबाट संविधान जारी गर्नु आफ्नो पार्टीको सरोकार नरहेको बताए ।...
काठमाण्डु, २८ भदौ– नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको भोलिबाट राजधानीमा हुने भनिएको केन्द्रीय अधिवेशन अनश्चितकालका लागि स्थगित भएको छ । नेविसंघ अधिवेशन स्थगित भएको यो पाचौंपटक हो । अधिवेशनमा सहभागी हुन अधिकांश जिल्लाका प्रतिनिधि काठमाण्डु आइसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको...
मकवानपुर, २८ भदौ– दसैंका लागि खसी किन्न गाउँ छिरेका व्यापारीलाई भीरबाट लडाएर हत्या गरेको आरोपमा प्रहरीले तीन चेपाङ युवालाई पक्राउ गरेको छ । मनहरी–७ का ५२ वर्षीय विकास कालाखेतीको हत्या आरोपमा सरिखेत–८ राम्चेका १८ वर्षीय एस्पोल चेपाङ, २२ वर्षीय सञ्चलाल चेपाङ र २४ वर्षीय...
चितवन, २८ भदौ– मुग्लिङ नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर–१ भतेरी जंंगलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सर्लाहीतर्फ आउँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिब २ बजेको समयमा दुर्घटना भएको हो । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर...
काठमाण्डु, २८ भदौ– देशका विभिन्न भागमा गएको बाढीपहिरोका कारण घरबारविहीन भएका जनताले उचित राहत नपाएको गुनासो गरिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीले भने विदेशमा गएको बाढीपहिरोप्रति चिन्ता जनाएका छन् । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी मुलुक भारत र पाकिस्तानमा हालै आएको भीषण...
सल्यान, २८ भदौ– सल्यानको निगालचुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । निगालचुला–५ भिरकुनाकी ६८ वर्षीया कली खत्रीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय हात्तिटाउके वनमा घाँस काट्न गएका बेला उनी शुक्रबार लडेर घाइते भएकामा उपचारका लागि जिल्ला अस्प्ताल...