हरिणको ठक्करबाट मोटरसाइकल दुर्घटना

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ९:३८ मा प्रकाशित

विराटनगर, २८ भदौ– जंगली हरिणको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
गुडिरहेको मोटरसाइकललाई हरिणले ठक्कर दिँदा इटहरी–२ का ४५ वर्षीय ईन्द्रबहादुर गुरुङलाई गम्भीर घाइते भएका हुन् ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । को १६ प २११७ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी जङ्गल क्षेत्रमा हरिणले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us