पूर्वाञ्चलका ५ सय बढी प्रहरी निलम्बनमा, ८९ जनाको जागिर गयो

काठमाण्डु टुडे २०७१ भदौ २८ गते १०:५१ मा प्रकाशित

logo-nepal-policeविराटनगर, २८ भदौ– संगठनको आचरणविपरीत काम गर्ने पूर्वका ५ सय बढी प्रहरी निलम्बनमा परेका छन् ।

८९ प्रहरीको जागिर गएको छ । पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले सर्वसाधारणसँग रकम उठाएर खाने गरेकोसहित विभिन्न आरोपमा ती प्रहरीमाथि विभागीय कारबाही अघि बढाएको हो ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले हालै सार्वजनिक गरेको तथ्याङ्अनुसार पछिल्लो एक वर्षमा पूर्वका विभिन्न जिल्ला र इलाका प्रहरी कार्यालय तथा चौकीहरुमा कार्यरत प्रहरी कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा एक प्रहरी नायव उपरीक्षक, ७ प्रहरी निरिक्षक, २५ नायब निरिक्षक, ४२ जना सहायक निरीक्षक,  १ सय २० हवल्दार, ३ सय ३३ जवानका साथै सातजना कार्यालय सहायक छन् ।

यस्तै दुई नायब निरीक्षक, २ तीन सहायक निरीक्षक, १२ ह्वलदार, ७१ जवान र एक कार्यालय सहायकलाई जागिरबाटै बर्खास्त गरिएको छ । एक सहायक निरीक्षकलाई हवल्दार र एक हवल्दारलाई जवानमा घटुवा गरिएको छ ।

ती प्रहरीहरुमाथि घूस लिने तथा लागुऔषध तस्करीजस्ता सांगठनिक आचरणविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us