चितवन, २८ भदौ– मुग्लिङ नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर–१ भतेरी जंंगलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् ।
पोखराबाट सर्लाहीतर्फ आउँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिब २ बजेको समयमा दुर्घटना भएको हो । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई बस पल्टिएको अनुमान प्रहरीले गरेको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।