म मन्त्री हुँदा विरोध गर्नेले पुर्पुरोमा हात राखेर पछुताउनुपर्नेछ: महेश बस्नेत

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– नवनियुक्त उद्योगमन्त्री एवम् युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले आफू र युवासंघविरुद्ध टिप्पणी गर्नेले कुनै दिन mahesh-basnetपुर्पुरोमा हात राखेर पछुताउनुपर्ने बताएका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आफू मन्त्री भएपछि आएका टिप्पणीप्रति आक्रोश पोखे । आफ्नोबारे नकारात्मक कुरा गरेर अन्याय नगर्न उनको आग्रह थियो । ‘

महेश बस्नेत र युवासंघविरुद्ध टिप्पणी गर्नेले एकपटक सोच्नुस् कतै हामीले अन्याय त गरेका छैनौं ?’ बस्नेतले भने, ‘ त्यस्ता साथीहरुले एकदिन पुर्पुरोमा हात राखेर पछुताउनुपर्ने दिन आउनेछ ।’ उनले आफूले मन्त्री पद चाकडीले नभई क्षमताले पाएको जिकिर गरे ।

आफूले योग्यता र क्षमताअनुसार जिम्मेवारी पाएको भन्दै उनले चाकडी र चाप्लुसीमा आफ्नो र युवासंघको विश्वास नरहेको बताए । उनले आफ्नो टिप्पणी गर्नेमाथि सुझाव मास्टरको संज्ञा दिए । सुझाव मास्टरहरुको आवश्यक सुझाव मात्र लिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us