काठमाण्डु, २८ भदौ– देशका विभिन्न भागमा गएको बाढीपहिरोका कारण घरबारविहीन भएका जनताले उचित राहत नपाएको गुनासो गरिरहेका बेला
राष्ट्रपति र प्रधानमन्त्रीले भने विदेशमा गएको बाढीपहिरोप्रति चिन्ता जनाएका छन् ।
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी मुलुक भारत र पाकिस्तानमा हालै आएको भीषण बाढी र पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
त्यहाँका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाउँदै उनीहरुले यस्तो विपद्को घडीमा पीडित परिवार र सरकारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । समवेदना सन्देशमा उनीहरुले मृतात्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।