वैद्य माओवादीसँग गठबन्धन तोड्न एमाओवादीलाई खनालको आग्रह

काठमाण्डु टुडे २०७१ भदौ २८ गते १०:३६ मा प्रकाशित

JN_khanal1काठमाण्डु, २८ भदौ– एमाले वरिष्ठ नेता झलनाथ खनालले नेकपा–माओवादीसँगको गठबन्धन तोड्न एकीकृत माओवादीलाई आग्रह गरेका छन् ।

पार्टी सम्वद्ध युवा संघ नेपालको प्रथम विस्तारित बैठकलाई राजधानीमा शनिबार सम्बोधन गर्दै खनालले वैद्य माओवादीको नाम नलिइकनै संविधानविरोधीसँ गठबन्धन तोडेर लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न आग्रह गरे ।

‘एमाओवादीले संविधान बनाउन नचाहने शक्तिसँग गठबन्धन गरेको छ’, खनालले भने, ‘ उसले त्यस्तो गठबन्धन तोडेर कांग्रेस(एमालेजस्ता लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ ।’
उनले संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामार्फत टुंगो लगाइने उल्लेख गरे । सहमतिको प्रयास गर्ने तर सहमति नभए दुई तिहाईले संविधान जारी गर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us