समाचार

मागेर १ कराेड ७० लाख , संकलित रकमबाट वृद्धाश्रम

२०७१ भदौ २९ गते ११:३९

मोरङ, २९ भदाै – मोरङका एक वृद्धले समाजसेवाका लागि मागेरै एक करोड ७० लाख सङ्कलन गरेका छन्। उनले सङ्कलन गरेको रकमले विराटनगर–११ स्थित अशोक चोकमा १० कट्ठा १३ धुर जमिन खरिद गरेका छन्। त्यही जमिनमा उनले चार कोठाको तीनतले भवन निर्माण गरिसकेका छन्। विराटेश्वर...

मदन पुरस्कार राधा पौड्याललाई

२०७१ भदौ २९ गते १०:२४

काठमाण्डु, २९ भदाै –  २०७० सालको प्रतिष्ठित  मदन पुरस्कारबाट राधा पौड्याल पुरस्कृत भएकी छन् । उनको कृति ‘खलंगामा हमला’लाई मदन पुरस्कार प्रदान गरिएको हो ।...

बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

२०७१ भदौ २९ गते १०:०४

काठमाण्डु, २९ भदौ – पक्षघात र मष्तिस्कघात एकैपटक भएका एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको छ । बोगटीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा कृत्रिम श्वासप्रश्वास प्रणाली ‘पेसमेकर’ मा राखेर उपचार भैरहेको छ । नर्भिक अस्पतालका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उनको...

संविधानसभाबाटै संविधान जारी गरे पनि कुनै आपत्ति हुँदैन : गजुरेल

२०७१ भदौ २९ गते ८:४३

काठमाण्डु, २९ भदौ – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले दलहरु राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमती भएपछि सम्मेलन वा संविधानसभा जहाँबाट संविधान...

प्रधानमन्त्रीसँग जवाफ माग्याे मानवअधिकार समितिले

२०७१ भदौ २९ गते ७:२४

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री सुशील काेइरालासँग संसदको सामाजिक न्याय तथा मानव अधिकारसमितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनमा भएको प्रगति विवरण  मागेकाे छ । समितिको आइतबार बसेको बैठकले लामो समयदेखि रिक्त रहेको मानव अधिकार आयोगको पदाधिकारी नियुक्ती र संसदमा...

एसियाडमा नेपाल इराकसँग ४-० ले पराजित

२०७१ भदौ २९ गते ६:३५

काठमाण्डु, २९ भदौ– १७ औं एसियाली खेलकुद प्रतियोगिता ‘एसियाड’ अन्तर्गत नेपालको यू– २३ फुटबल टोली आज इराकसँग  ४-० ले पराजित भएकाे छ ।  दक्षिण कोरियाको इन्च्योनमा जारी  खेलमा  नेपालले  खेल सुरु भएको चार मिनेटमै गोल खाएको थियो । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा थप...

कार दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

२०७१ भदौ २९ गते ६:३४

बुटवल, २९ भदौ– पूर्वपश्चिम राजर्मागअन्तर्गत रुपन्देहीको सालझण्डीमा भएको कार दुर्घटनामा एक पत्रकारसहित तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष बिजुवार–६ का ४४ वर्षीय सूर्य विक, बाँधीकोटका ४५ वर्षीय खीमबहादुर गिरी र उनका छोरा रोहण छन् । घटनामा पत्रकार...

देश टुक्र्याउन खोज्नेलाई पक्रेकामा जेपी गुप्ताको आपत्ति

२०७१ भदौ २९ गते ५:१४

काठमाण्डु, २९ भदौ– तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले नेपालबाट मधेस अलग गर्ने अभियानमा सक्रिय डा. सीके राउतलाई पक्राउ गरिएकामा आपत्ति जनाएका छन् । गुप्ताले आइतबार विज्ञप्ति जारी गरी मुलुकको प्रचलित कानुनविपरीत पञ्चायती शैलीमा पक्राउ गरिएको आरोप लगाएका छन् । उनले राउतलाई तत्काल...

चट्याङ लागेर हजुरबुबा र नातिको मृत्यु

२०७१ भदौ २९ गते ५:०३

झापा, २९ भदौ– चट्याङ लागेर झापामा एकै परिवारका दुईजनाको ज्यान गएको छ । जिल्लाको जुरोपानी–८ मा गएराति परेको चट्याङ लागेर स्थानीय ७३ वर्षका धने सोरेन र उनका ११ वर्षीय नाती अनिल मुर्मुको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि...

चार वर्षीया बालिका बलात्कृत

२०७१ भदौ २९ गते ४:५४

चौतारा, २९ भदौ– सिन्धुपाल्चोकको ज्यामिरे–६ रातमाटेकी एक चार वर्षीया एक बालिका बलात्कृत भएकी छन् । स्थानीय १६ वर्षीय टीकाराम गिरीले बालिका बलात्कार गरेका हुन् । बालिका बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय मेलम्चीले गिरीलाई पक्राउ गरेका छ । प्रहरीका अनुसार गिरीले गत २२ भदौमा बालिका...

ईश्वर पोरखरेल भन्छन्, ‘एमाले भनेकै केपी ओली’

२०७१ भदौ २९ गते ४:०२

काठमाण्डु, २९ भदौ– एमाले महासचिव ईश्वर पोखरेलले एमालेको सर्वोच्च वैधानिक निकाय नै अध्यक्ष केपी ओली भएको दाबी गरेका छन् । ओखलढुंगामा शनिबार भएको एक कार्यक्रममा पोखरेलले स्थायी समिति र पोलिटब्युरो नभएको अवस्थामा अध्यक्ष ओलीलाई पार्टीका सबै निर्णय गर्ने अधिकार रहेको बताए । अध्यक्ष ओलीले...

आज राष्ट्रिय बालदिवस, बालबालिकाको अवस्था उस्तै

२०७१ भदौ २९ गते ३:३८

काठमाण्डु, २९ भदौ– राष्ट्रिय बाल दिवस आज बालअधिकारबारे विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यो वर्षको नारा ‘बालबालिकाका कुरा सुनौँ, बालदुव्र्यवहार अन्त्य गरौं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा महिला बालबालका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बालकल्याण समिति तथा बालअधिकारका क्षेत्रका क्रियासिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us