चार वर्षीया बालिका बलात्कृत

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ४:५४ मा प्रकाशित

चौतारा, २९ भदौ– सिन्धुपाल्चोकको ज्यामिरे–६ रातमाटेकी एक चार वर्षीया एक बालिका बलात्कृत भएकी छन् ।
स्थानीय १६ वर्षीय टीकाराम गिरीले बालिका बलात्कार गरेका हुन् ।

बालिका बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय मेलम्चीले गिरीलाई पक्राउ गरेका छ । प्रहरीका अनुसार गिरीले गत २२ भदौमा बालिका बलात्कार गरेका थिए  ।

बलात्कृत बालिकाकी आमाको  उजुरका आधारमा गिरीलाई प्रक्राउ गरिएको मेलम्ची प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका निरीक्षक चन्द्रबहादुर थापाले गिरीमाथि जबर्जस्ती करणी अभियोगमा मुद्धा चलाउने तयारी भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us