मोरङ, २९ भदाै – मोरङका एक वृद्धले समाजसेवाका लागि मागेरै एक करोड ७० लाख सङ्कलन गरेका छन्। उनले सङ्कलन गरेको रकमले विराटनगर–११ स्थित अशोक चोकमा १० कट्ठा १३ धुर जमिन खरिद गरेका छन्। त्यही जमिनमा उनले चार कोठाको तीनतले भवन निर्माण गरिसकेका छन्।
विराटेश्वर वृद्धाश्रम सञ्चालन गर्न कठिन भएपछि समाजसेवी जगत अर्ज्यालले वृद्धाश्रमको सहयोगका लागि दैनिक चन्दा सङ्कलन गर्न थालेका हुन्।
विसं २०६० मा रकम सङ्कलन सुरु गर्न थालेका अर्ज्यालले वृद्धवृद्धालाई राख्ने ठाउँको अभाव भएपछि उक्त भवनको निर्माण गरिएको अर्ज्यालले बताए।
विसं २०६० देखि सञ्चालित उक्त वृद्धाश्रममा ८५ वृद्धवृद्धा भएकामा ३५ जनाको मृत्यु भइसकेको छ। उनले वृद्धवृद्धालाई दूध खुवाउन पाँच गाई पनि पालेका छन्।